दशैँको टीका लगाउने क्रम आज पनि जारी
वि.सं.२०८३ कात्तिक ६ शुक्रवार १०:१९
345
shares
shares

काठमाण्डौ । दशैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका, जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी छ ।
टाढा रहेका आफन्त तथा मान्यजनकहाँ विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पुगेर टीका थाप्ने चलन छ । देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कोजाग्रत पूर्णिमाको राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैँ पर्व समाप्त हुन्छ ।














