NIMB Long Banner Ad

धार्मिक भ्रमणका लागि भारत प्रस्थान गरे रवि लामिछाने

299
shares

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित तीन दिने धार्मिक भ्रमणका लागि भारत जानुभएको छ।

शुक्रबार धनगढी पुग्नुभएका उहाँ गड्डाचौकी नाका हुँदै भारत प्रस्थान गर्नुभएको हो। कारागारमा रहँदा गरेको भाकल पूरा गर्न उत्तराखण्डको कैंचीधाम र आसामको कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो।

लामिछानेले भ्रमणमा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको स्पष्ट पार्नुभयो।