NIMB Long Banner Ad

पाकिस्तानका कप्तान फरहान एनपीएल खेल्न नेपाल आउने

552
shares

काठमाण्डौ — पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन्।

कर्णाली याक्सले एनपीएलको तेस्रो संस्करणका लागि फरहानलाई अनुबन्ध गरेको जनाएको छ।

फरहानले गएको मार्चमा भएको टी–२० विश्वकपमा ६ खेलबाट ३८३ रन बनाउँदै एउटै संस्करणमा सर्वाधिक रन बनाउने कीर्तिमान राखेका थिए। उनले प्रतियोगितामा दुई शतकसमेत प्रहार गरेका थिए।

एनपीएल कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।