NIMB Long Banner Ad

सुरक्षा जोखिमका कारण राष्ट्र बैंकको वेबसाइटसहितका सेवा बन्द, सतर्कता अपनाउन आग्रह

273
shares

काठमाडौँ, कात्तिक ६ गते । नेपाल राष्ट्र बैंकले वेब प्रविधि ‘पीएचपी’मा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो वेबसाइटसहितका केही सेवा अस्थायी रूपमा बन्द गरेको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै यसबाट बैंक तथा वित्तीय क्षेत्रका सरोकारवाला र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । आवश्यक सूचना तथा जानकारीका लागि बैंकको आधिकारिक सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन, प्रणाली सुरक्षित बनाउन र नियमित निगरानी बढाउन बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक र विप्रेषण कम्पनीलाई अपिल गरेको छ ।