NIMB Long Banner Ad

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा मन्दिरमा पूजाअर्चना

299
shares

काठमाण्डौ – बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको विशेष पूजा गरी देवगणका मूर्तिहरूको दर्शन गर्नुभएको थियो । उहाँले नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई दक्षिणासमेत प्रदान गर्नुभएको छ ।

राष्ट्रपति पौडेललाई नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले जमरा, टीका, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रसादस्वरूप प्रदान गर्नुभएको थियो ।