NIMB Long Banner Ad

चक्रवातको प्रभावले बिहीवारदेखि भारी वर्षा, बाढीपहिरोको जोखिम

713
shares

काठमाण्डौ – बङ्गालको खाडीमा विकसित चक्रवातको प्रभावले नेपालमा बिहीवार कात्तिक १२ गतेदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

बिहीवारदेखि शनिवारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पूर्वी भागमा वर्षाको प्रभाव बढी पर्ने अनुमान छ । केही ठाउँमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र हिमपहिरोको जोखिम रहेको छ ।

मौसमविद्ले किसानलाई धान सुरक्षित राख्न र कात्तिक १२ देखि १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेका छन् ।