NIMB Long Banner Ad

एनपीएल विजेतालाई डेढ करोड, उपविजेताले ८० लाख पाउने

805
shares

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन् ।

क्यानले प्रतियोगिताबाट ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरेको छ । प्रायोजनबाट मात्रै झन्डै २० करोड रुपैयाँ प्राप्त हुने अपेक्षा छ ।

एनपीएल भोलिदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । मङ्सिर ५ गतेसम्म चल्ने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस संस्करणमा पहिलो पटक डीआरएस प्रयोग हुनेछ ।