NIMB Long Banner Ad

वि.सं २०८३ कार्तिक ८ गते आइतवार (तदनुसार २५ अक्टोबर २०२६) को राशिफल

552
shares

वि.सं. २०८३ कार्तिक ८ गते आइतवार (तदनुसार २५ अक्टोबर २०२६) नेपाल संवत्ः ११४६ कौलाथ्व,आश्विन शुक्लपक्ष (चतुर्दशी तिथि) तथा चन्द्रमा मेष राशिमा ।

image

व्यापारमा लाभ र नयाँ अवसरको सिर्जना हुनेछ। रोकिएका कामहरूले गति लिनेछन्। पारिवारिक जीवनमा समझदारी र आत्मीयता बढ्नेछ।

image

स्वास्थ्यमा सुधार आउनेछ। पुराना कठिनाइहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता हात पार्न सकिनेछ।

image

बौद्धिक र रचनात्मक कार्यमा रुचि बढ्नेछ। सन्तान पक्षबाट खुसीको खबर सुन्न पाइनेछ। बौद्धिकताको कदर हुने दिन छ।

image

घरेलु तथा पारिवारिक वातावरण अनुकूल रहनेछ। जग्गाजमिन वा पैतृक सम्पत्तिको विषयमा सकारात्मक कुराकानी हुन सक्छ। माताको आशीर्वादले कार्यमा सफलता मिल्नेछ।

image

साहस र पराक्रममा वृद्धि हुनेछ। छरछिमेक वा साथीभाइको सहयोगले अप्ठ्यारा कामहरू पनि सहजै बन्नेछन्। छोटो यात्राको सम्भावना छ।

image

बोलीको प्रभाव बढ्नाले अधुरा कामहरू बन्नेछन्। आर्थिक कारोबारमा सफलता मिल्नेछ। पारिवारिक जमघटमा सरिक हुने अवसर जुर्न सक्छ।

image

आत्मविश्वास र कार्यक्षमतामा वृद्धि हुनेछ। नयाँ कार्यको थालनी गर्नका लागि दिन उत्तम छ। समाजमा मान-सम्मान र प्रतिष्ठा बढ्नेछ।

image

अनावश्यक खर्च नियन्त्रण गर्न ध्यान दिनुहोला। वैदेशिक क्षेत्र वा टाढाको यात्रासँग सम्बन्धित काममा सामान्य ढिलाइ हुन सक्छ। स्वास्थ्यप्रति सचेत रहनुहोला।

image

आयस्रोतमा वृद्धि हुनाले मन प्रसन्न रहनेछ। साथीभाइ तथा इष्टमित्रबाट विशेष सहयोग प्राप्त हुनेछ। लामो समयदेखिका योजनाहरू कार्यान्वयन गर्ने चरणमा जानेछन्।

image

व्यापार तथा कार्यक्षेत्रमा जिम्मेवारीहरू थपिनेछन्। उच्च अधिकारीहरूको सहयोग र प्रशंसा प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ।

image

भाग्यले साथ दिनेछ। धार्मिक तथा आध्यात्मिक कार्यहरूतर्फ झुकाव बढ्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुने र विदेश यात्राको योग प्रबल छ।

image

स्वास्थ्यमा केही उतारचढाव आउन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोला। गोप्य शत्रुकै कारण काममा बाधा पुग्न सक्छ, सतर्क रहनुहोला।

~ज्यो. कलानिधी WhatsApp 9803032959