कर्णाली याक्समा दक्षिण अफ्रिकाका स्टार डेभिड मिलर अनुबन्ध
वि.सं.२०८३ कात्तिक ७ शनिवार ०७:५५
460
shares
shares

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेभिड मिलरलाई अनुबन्ध गरेको छ ।
३७ वर्षीय बायाँ हाते ब्याटर मिलरले दक्षिण अफ्रिकासँगै आईपीएल, बिग बास लिग र पाकिस्तान प्रिमियर लिगजस्ता चर्चित फ्रेन्चाइज लिग खेलेका छन् । सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएलको उपाधि जित्दा उनी टोलीका प्रमुख खेलाडी थिए ।
मिलरले दक्षिण अफ्रिकाबाट १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई हजार ८०४ रन बनाएका छन् । उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन् ।
कर्णालीले यसअघि पाकिस्तानका साहिबजादा फरहान, हुसेन तलत तथा बङ्गलादेशका अकबर अली र अरिफुल इस्लामलाई पनि अनुबन्ध गरिसकेको छ । एनपीएलको तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ ।















