NIMB Long Banner Ad

चक्रवातको प्रभावले नेपालमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

437
shares

काठमाण्डौ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभावले नेपालमा पनि वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै कात्तिक ११ देखि १५ गतेसम्म मौसम बदली र वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ ।

सम्भावित वर्षाले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भए पनि वर्षाको मात्रा र जोखिमबारे अहिले नै यकिन गर्न नसकिने महाशाखाले जनाएको छ । मौसम प्रणालीको निरन्तर निगरानी भइरहेको र थप जानकारी प्राप्त भएपछि सूचना अद्यावधिक गरिने महाशाखाको भनाइ छ ।