NIMB Long Banner Ad

जमराको महत्वः स्वास्थ्यदेखि संस्कृतिसम्म !

पौराणिक ग्रन्थहरुमा पनि “यवोसि धान्यश“ भनेर जौलाई अन्नको राजा मानिएको छ । वैदिक एवं पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएको संस्कृत वाक्यांश हो,“यवोसि धान्यश“ जसको अर्थ “हे जौ! तिमी धान्यादि अन्नहरूमा श्रेष्ठ (राजा) हौ“ भन्ने हुन्छ। गीतामा भगवान श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात औषधीहरुमा म जौ हुँ भन्नुभएकाले पनि यसको महत्त्व पुष्टि हुन्छ ।

644
shares

हिन्दुहरुको महान चाड बडादशैँ अन्तरगत घटस्थापनाको दिन राखेको जमरा दशैँको दिन टिकासँगै लगाउने गरिन्छ । प्रकाश नआउने स्थानमा शुद्ध माटोमा जौँ छरेर उमारिएको पहेँलो जमरालाई धर्मशास्त्रमा सम्बृद्धिको प्रतिक मानिन्छ । दशैंमा मान्यजनहरुले टिका लगाईदिँदा निधारभरी रातो अक्षता सँगै कानमा जौं मकै, धान र गँहूका पँहेला जमरा लगाइदिने चलन छ । दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरी जमराको रुपमा जौं को प्रयोग गरिने चलन रहेको धार्मिक विश्वास छ । नवरात्रमा जमरा रख्दा वैदिक विधि र मन्त्रको प्रयोग गरिने गर्दछ । अँध्यारो स्थान, जहाँ सूर्यको प्रकास आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ जसलाई समृद्धिको प्रतीकको रुपमा लिने गरिन्छ । संस्कृतमा यव भनिने जौको जमरा पौष्टिक खाद्यपदार्थ पनि हो । जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधिको रुपमा लिने गरिन्छ । जमरामा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिन पाइने र यसको रस निकै स्वास्थ्यबर्द्धक रहने चिकित्सकहरु बताउछन् । वैदिक ग्रन्थहरुमा जौलाई रोग हटाउने यज्ञ यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने अन्नका रुपमा लिइएको छ ।
पौराणिक ग्रन्थहरुमा पनि “यवोसि धान्यश“ भनेर जौलाई अन्नको राजा मानिएको छ । वैदिक एवं पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएको संस्कृत वाक्यांश हो,“यवोसि धान्यश“ जसको अर्थ “हे जौ! तिमी धान्यादि अन्नहरूमा श्रेष्ठ (राजा) हौ“ भन्ने हुन्छ। गीतामा भगवान श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात औषधीहरुमा म जौ हुँ भन्नुभएकाले पनि यसको महत्त्व पुष्टि हुन्छ । चिकित्सकहरुका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्न हो भने उच्च रक्तचाप, अर्वुद क्यान्सर एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ । जमराको रसको सेवनले सौन्दर्यता समेत निखार ल्याउँछ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरुलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले शरीरमा चाँडै शक्तिसञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् । हाम्रा गाउँघरमा अझै पनि दसैंको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । प्रशस्त औषधीय गुण पाइने हुनाले पनि अंकुरित जौलाई सांकेतिक रुपमा विजयादशमीको प्रसादका रुपमा ग्रहण गरिन्छ । दशैं असोज शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो । दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध पूजा आदि नामले चिनिन्छ । यो खासगरी असोज शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो । त्यसमा पनि विजयादशमी मुख्य दिन हो । त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले दशैँ दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैलाई वडादशै एवं विजयदशमीको नामले पूकारिन्छ । दशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ । विजयदशमी भगवान रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गा पूजाको रुपमा, दुवै रुपमा यो शक्ति पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । दशैंमा आफुभन्दा ठूला, मान्यजनबाट टिका लगाएर आशिर्वचन लिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ । आफ्नो घरमा टीका लगाएर आफन्तजनहरुकोमा पनि टीका ग्रहण गर्ने चलन छ । टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षका दशैं चाडको अन्त्य हुन्छ ।

✍️लेखक कलानिधी धर्म,ज्योतिष र मनोविज्ञानको क्षेत्रमा अनुसन्धानरत हुनुहुन्छ।