NIMB Long Banner Ad

वि.सं. २०८३ कार्तिक ५ गते, विहीवार (तदनुसार २२ अक्टोबर २०२६) को राशिफल

1.86K
shares

२०८३ कार्तिक ५ गते,बिहिबार (तदनुसार २२ अक्टोबर २०२६) आश्विन शुक्लपक्ष एकादशी तिथि अर्थात् पापाङ्कुशा एकादशी व्रत, नक्षत्रः धनिष्ठा योगः वृद्धि योग – शुभ,करणः विष्टि,पापाङ्कुशा एकादशी व्रत,भगवान विष्णुको पूजा गरिने दिन,अन्नपूर्ण यात्रा,आज एकादशीको दिन भएकाले व्रत बस्नेहरुले चामल,दाल खानु हुँदैन।

image

व्यापार तथा व्यवसायमा फाइदा हुने योग छ। रोकिएका कामहरू पुरा हुन थाल्नेछन्। दाम्पत्य जीवनमा आत्मीयता बढ्नेछ र घरपरिवारबाट पूर्ण सहयोग प्राप्त हुनेछ।

image

स्वास्थ्यमा केही सुधार देखिनेछ। पुराना समस्याहरू समाधान हुँदै जानेछन्। प्रतिस्पर्धीहरू परास्त हुनेछन् र तपाईँको पराक्रममा वृद्धि हुनेछ।

image

बुद्धिको उपयोग गरेर अप्ठ्यारा कामहरू पनि सहजै फत्ते गर्न सकिनेछ। बौद्धिक र सृजनात्मक कार्यमा रुचि बढ्नेछ। सन्तान पक्षबाट खुसीको खबर सुन्न पाइनेछ।

image

घरेलु कामकाजमा समय बित्नेछ। चल-अचल सम्पत्तिसम्बन्धी विवाद समाधान हुने योग छ। आमाको आशीर्वाद र सल्लाहले महत्त्वपूर्ण काममा सफलता दिलाउनेछ।

image

पराक्रम र शाहस बढ्नेछ। छरछिमेक वा साथीभाइको सहयोगले रोकिएका कामहरू बन्नेछन्। छोटो यात्राको सम्भावना रहेको छ जसले मनलाई प्रसन्न बनाउनेछ।

image

बोलीको प्रभावले महत्त्वपूर्ण कार्यहरू बन्नेछन्। आर्थिक कारोबारमा सफलता मिल्नेछ। पारिवारिक जमघटमा सरिक हुने अवसर जुट्न सक्छ।

image

आजको दिन तपाईँको पक्षमा रहनेछ। व्यक्तित्वमा निखार आउनेछ र आत्मविश्वास बढ्नेछ। नयाँ कामको थालनी गर्ने राम्रो समय छ। मान-सम्मानमा वृद्धि हुनेछ।

image

अनावश्यकरूपमा खर्च बढ्न सक्ने भएकाले आर्थिक मामिलामा सावधानी अपनाउनुहोला। टाढाको यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा केही ढिलाइ हुन सक्छ।

image

आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। मित्र वर्गबाट विशेष सहयोग मिल्नेछ। रोकिएका काम बन्नाले मन प्रसन्न रहनेछ र लामो समयदेखिको इच्छा पूरा हुनेछ।

image

कार्यक्षेत्रमा जिम्मेवारी थपिनेछ। उच्च अधिकारीहरूको सहयोग र प्रशंसा प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा मान-प्रतिष्ठा र जिम्मेवारी बढ्नेछ।

image

भाग्यले साथ दिनेछ। धार्मिक तथा अध्यात्मिक कार्यतर्फ रुचि बढ्नेछ। टाढाको यात्रा वा वैदेशिक क्षेत्रको कार्य सफल हुनेछ। विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुनेछ।

image

स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनुहोला। खानपानमा ध्यान दिनु बुद्धिमानी हुनेछ। आकस्मिक खर्च वा सवारीसाधन चलाउँदा सावधानी अपनाउनु होला। गोप्य शत्रुबाट सचेत रहनुपर्ने दिन छ।

~ज्यो.कलानिधी WhatsApp 9803032959