नेपालका सरकारी वेबसाइट अस्थायी रूपमा बन्द
वि.सं.२०८३ कात्तिक ५ बिहीवार ०९:२२
414
shares
shares

काठमाण्डौ – साइबर सुरक्षा कमजोरीका कारण नेपालका अधिकांश सरकारी वेबसाइट अस्थायी रूपमा बन्द भएका छन्।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय, मौसमसम्बन्धी निकाय तथा स्थानीय तहका वेबसाइट खुलेका छैनन्।
इन्टरनेटमा वेबसाइट सञ्चालनका लागि प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा दुई गम्भीर सुरक्षा कमजोरी फेला परेपछि सरकारी वेबसाइट प्रभावित भएका हुन्।
साइबर सुरक्षा निकायले सम्बन्धित संस्थालाई पीएचपीको सुरक्षा अपडेट तत्काल लागू गर्न आग्रह गरेको छ। अपडेट गर्न नसक्ने अवस्थामा वेबसाइट अस्थायी रूपमा बन्द राख्न सुझाव दिइएको छ।














