नेपालमा क्रिकेट विश्वकप क्वालिफायर प्ले–अफ हुने
वि.सं.२०८३ कात्तिक ५ बिहीवार ०९:३७
shares

काठमाडौं – नेपालले सन् २०२६ डिसेम्बर ४ देखि २१ सम्म आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले–अफ प्रतियोगिता आयोजना गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्। जसमा विश्वकप लिग–२ का पुछारका चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली रहनेछन्।
प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा हुने ५० ओभरको विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन्।
नेपालमा प्रतियोगिता आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खला प्रभावित भएको छ। क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)सँग समन्वय गरी शृङ्खलाको नयाँ मिति र तालिका सार्वजनिक गरिनेछ।














