NIMB Long Banner Ad

२०८३ कार्तिक ४ गते, बुधबार २१ अक्टोबर सन् २०२६ को राशिफल र दशैंको शुभ साइत

आज विजया दशमी (दशैं) दशैंको टीका, देवी विसर्जन, देवी विसर्जनको शुभ साइत - बिहान ८ः४९ बजे,विजया दशमी टीका साइतः बिहान १०ः२६ बजे – टीका थाप्ने व्यक्ति पश्चिम र लगाइदिने पुर्व फर्कनुपर्ने ।

782
shares

२०८३ कार्तिक ४ गते, बुधबार तदनुसार २१ अक्टोबर सन् २०२६ आश्विन शुक्ल दुर्गापक्ष दशमी तिथि आज विजया दशमी (दशैं) दशैंको टीका, देवी विसर्जन, देवी विसर्जनको शुभ साइत – बिहान ८ः४९ बजे,विजया दशमी टीका साइतः बिहान १०ः२६ बजे – टीका थाप्ने व्यक्ति पश्चिम र लगाइदिने पुर्व फर्कनुपर्ने । आज श्री तुलजाभवानी यात्राः १०ः५१ बजे
नोटः टीकाको साइत बिहान १०ः२६ बजे भएता पनि साइत कुर्नैपर्छ भन्ने नरहेको र प्रसादको रुपमा दिनभर टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

image

नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। कार्यक्षेत्रमा सावधानीपूर्वक कार्य गरेमा सफलता मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको ख्याल राख्नुहोला।

image

नयाँ योजनामा लगानी गर्ने समय रहेको छ। आफूभन्दा ठूला व्यक्तिको सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा गुरुजनबाट मार्गदर्शन प्राप्त हुनेछ।

image

आफ्ना योजनाहरूलाई व्यवस्थित गर्नमा सफल भइनेछ। रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। स्वार्थका लागि नजिकिनेहरूबाट सावधान रहनुहोला।

image

आय आर्जनमा वृद्धि हुनाले मन प्रसन्न रहनेछ। योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुनेछ। मनमा परोपकारको भावना जागृत हुनेछ।

image

कार्यक्षेत्रमा उन्नति भए तापनि विवाद वा पारिवारिक समस्याले मन केही अशान्त हुन सक्छ। कामको चाप बढ्नाले आलस्य महसुस हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

image

विपरीत परिस्थितिका कारण काम बन्न केही समय लाग्न सक्छ। भविष्यका लागि बलियो जग बसाउने अवसर जुट्नेछ। अनावश्यक खर्च तथा लेनदेनमा विशेष सावधानी अपनाउनुहोला।

image

साथीभाइको सहयोगले उच्च मनोबल प्राप्त हुनेछ। आफ्नो कार्यक्षेत्रमा प्रभाव जमाउन सकिनेछ। स्वास्थ्यप्रति सचेत रहँदै वाहन चलाउँदा सावधानी अपनाउनुहोला।

image

अवसरवादीहरूबाट जोगिनुहोला। छोटो समयमै राम्रो उपलब्धि हात पार्न सकिनेछ। कार्यक्षेत्रमा समस्या देखापरे पनि सहयोगीहरूको साथले काम बन्नेछ।

image

व्यापार व्यवसायबाट आर्थिक लाभ लिने योजनाहरू कार्यान्वयन गर्ने समय छ। शत्रुहरू पराजित हुनेछन् र प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ।

image

गुरुजन वा सन्तानको सहयोग लाभदायी रहनेछ। आफ्ना महत्त्वाकांक्षी योजनाहरूलाई गोप्य राख्नु बुद्धिमानी हुनेछ। मित्रहरूसँग मनोरञ्जनपूर्ण समय बित्नेछ।

image

कठिन कार्यहरू पनि सीप र मेहनतले सम्पादन हुनेछन्। रोकिएको धन प्राप्त हुने योग छ। परिवारमा खुसीको वातावरण छाउनेछ।

image

पराक्रम र पुरुषार्थ देखाएर समाजमा प्रतिष्ठा कमाउन सकिनेछ। चुनौतीहरूलाई पन्छाउँदै अगाडि बढ्दा ठა सफलता हात लाग्नेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

~ज्यो.कलानिधी WhatsApp 9803032959