२०८३ साल कार्तिक ३ गते मंगलवार (तदनुसार २० अक्टोबर २०२६) को राशिफल
वि.सं.२०८३ कात्तिक ३ मंगलवार ०६:०३
shares

२०८३ साल कार्तिक ३ गते मंगलवार (तदनुसार २० अक्टोबर २०२६) शाके संवतः १९४८ (पराभव संवत्सर) शरद ऋतु दक्षिणायन आश्विन शुक्ल दुर्गापक्ष नवमी तिथि (भोलि दिउँसो करिब १ः०४ बजेसम्म, उपरान्त दशमी । नक्षत्रः श्रवण साँझ ६ः१३ सम्म उपरान्त धनिष्ठा,चन्द्रमाको राशिः मकर राशि दिउँसो करिब १ः५४ सम्म, उपरान्त कुम्भ राशि), राहुकाल दिउँसो २ः५४ देखि ४ः२२ सम्म यो समयमा शुभ कार्य गर्नु वर्जित मानिन्छ ।
आयस्रोतमा वृद्धि हुनेछ। व्यापार–व्यवसायबाट राम्रो लाभ लिन सकिनेछ। आफन्त तथा साथीभाइको सहयोगले अपूरा कामहरू सम्पन्न हुनेछन्।
पेसागत जीवनमा जिम्मेवारी थपिन सक्छ। कार्यक्षेत्रमा उच्च अधिकारीहरूको प्रशंसा पाइनेछ। सामाजिक प्रतिष्ठा र मान–सम्मानमा वृद्धि हुने योग छ।
भाग्यले साथ दिनेछ। धार्मिक तथा आध्यात्मिक कार्यहरूप्रति रुचि बढ्नेछ। लामो दूरीको लाभदायक यात्राको सम्भावना रहेको छ।
स्वास्थ्यमा केही उतारचढाव आउन सक्ने भएकाले सतर्कता अपनाउनुहोला। गोप्य शत्रुहरूबाट सावधान रहनुपर्नेछ। आकस्मिक लाभको सम्भावना भने रहनेछ।
दाम्पत्य जीवन सुखमय रहनेछ। साझेदारीमा गरिएका व्यापार–व्यवसायबाट राम्रो मुनाफा कमाउन सकिनेछ। नयाँ वस्त्र वा अलंकार प्राप्तिको योग छ।
शत्रुपक्ष पराजित हुनेछन्। पुराना ऋण तथा रोगबाट मुक्ति मिल्ने बलियो सम्भावना छ। सहकर्मी वा मातहतका कर्मचारीहरूको साथ र सहयोग मिल्नेछ।
बौद्धिक क्षेत्रमा प्रगतिको अवसर मिल्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा एकाग्रता बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने तथा सन्तान पक्षबाट सुख प्राप्त हुनेछ।
घरायसी वातावरणमा केही असमझदारी उत्पन्न हुन सक्छ, धैर्यता अपनाउनुहोला। स्थायी सम्पत्ति वा जग्गाजमिनको मामिलामा केही ढिलाइ हुन सक्नेछ। आमाको स्वास्थ्यको ख्याल गर्नुहोला।
पराक्रम र आत्मबल उच्च रहनेछ। छोटो तथा लाभदायक यात्राको सम्भावना छ। दाजुभाइ तथा छिमेकीहरूको साथ र सहयोगले महत्वपूर्ण कार्यहरू समयमै सम्पन्न हुनेछन्।
वाक्पटुताको प्रभावले आर्थिक क्षेत्रमा सफलता हात लाग्नेछ। पारिवारिक जमघटमा सरिक हुने अवसर जुर्नेछ। स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ।
तपाईंको व्यक्तित्वमा निखार आउनेछ। आत्मविश्वास बढ्ने हुनाले सोचेका कार्यहरू समयमै सम्पन्न हुनेछन्। मान–सम्मान तथा प्रतिष्ठामा वृद्धि हुने योग छ।
वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यहरू वा लामो दूरीको यात्राको सम्भावना छ। अनावश्यक खर्च नियन्त्रण गर्नुपर्ने देखिन्छ। स्वास्थ्यप्रति सचेत रहनुहोला।
~ज्यो.कलानिधी WhatsApp 9803032959
























