NIMB Long Banner Ad

आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

273
shares

काठमाण्डौ – आज देशका धेरैजसो ठाउँमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईसहित कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा मौसम मुख्यतया सफा छ।

आज हिमाली क्षेत्रका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

यस्तै, राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।