NIMB Long Banner Ad

आज महाअष्टमी, शक्ति र समृद्धिका लागि महागौरी देवीको आराधना

299
shares

काठमाण्डौ । दशैँ एवं नवरात्रको आठौँ दिन आज महाअष्टमीका अवसरमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।

वैदिक सनातन परम्पराअनुसार असोज शुक्ल अष्टमीका दिन महागौरीको पूजा गर्ने चलन छ। नवरात्रको पहिलो दिन घटस्थापना गरी शैलपुत्रीको पूजा सुरु गरिएको थियो। त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी र कालरात्रिको पूजा गरिएको थियो।

नवरात्रमा देवीको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यस अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गर्छ।