NIMB Long Banner Ad

काठमाण्डौबाट खोटाङ जाँदै गरेको जीप सिन्धुलीमा दुर्घटनाः तीन जनाको मृत्यु, तीन जना बेपत्ता

299
shares

काठमाण्डौ । काठमाण्डौबाट खोटाङ जाँदै गरेको जीप सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

गएराति करिब साढे २ बजे को १ ज २९७६ नम्बरको जीप सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मृतक महिलाको पहिचान खुल्न सकेको छैन।

दुर्घटनामा चालक आशिष विष्टसहित चार जना घाइते भएका छन्। घाइते हुनेमा खोटाङकी सम्झना राई, उनकी छोरी सिवानी राई र १३ वर्षीय अंकित विक रहेका छन्।

घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ भने बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ।