२०८३ साल कार्तिक १ गते आइतबार (तदनुसार १८ अक्टोबर २०२६) को राशिफल
आज नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमी पर्व,नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डका, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौँ स्वरूप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ ।
वि.सं.२०८३ कात्तिक १ आइतवार ०६:००
shares

२०८३ साल कार्तिक १ गते आइतबार तदनुसार १८ अक्टोबर २०२६ शाके संवतः १९४८ पराभव संवत्सर,शरद ऋतु,दक्षिणायन,माआश्विन शुक्ल दुर्गा पक्ष अष्टमी तिथि (भोलि बिहान २ः४० सम्म, उपरान्त नवमी),नक्षत्रः उत्तराषाढा (भोलि बिहान करिब ७ः०० सम्म, उपरान्त श्रवण) योगः सुकर्म (रात्री ६ः४६ सम्म, उपरान्त धृति) करणः बव, तदनन्तर बालव,चन्द्रमाको धनु राशिमा (दिउँसो करिब १२ः२५ सम्म, उपरान्त मकर राशि), राहुकाल अपरान्ह ४ः३० देखि साँझ ५ः५० सम्म, यो समयमा भरसक शुभकार्य नगर्नु नै राम्रो रहनेछ ।
आज नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमी पर्व,नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डका, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौँ स्वरूप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ ।
के के गरिन्छ त महाअष्टमीमा ?
गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । घटस्थापनाका दिन स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा आज विधिपूर्वक पूजा अर्चना गरिने भएकाले आजको दिन शक्ति पीठ, दसैँ घर अनि विभिन्न मन्दिरमा विशेष घुइँचो रहन्छ । आज मध्यरात अर्थात् नवमीको सुरुमा देवीहरूको विशेष पूजा अनुष्ठान हुने गर्छ । नेपाली सेना र प्रहरीका हातहतियारहरूको पूजा अर्चना समेत विधि विधान अनुसार गरिन्छ ।
आजको दिन भद्रकालीको पनि विशेष पूजा अर्चना गर्ने परम्परा रहेको छ । सतीदेवीले आफ्ना पति महादेवको आफ्नै पिता दक्ष प्रजापतिको मुखबाट गरिएको निन्दा सुन्न नसकेर अग्नि–कुण्डमा हाम फालेर आत्मदाह गर्दछिन् । त्यसै बखत यो कुरा थाहा पाएर रिसले चुरचुर भएका महादेवबाट महाकालीको रूपमा भद्रकाली प्रकट भएको विश्वास गर्ने गरीन्छ ।
शक्तिकी महास्वरूप महागौरी र भद्रकाली स्वरूपको अनुष्ठान गरिसकेपछि आजको दिन बलि दिने चलन छ । यसरी बलि दिँदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र बलि दिन नचाहनेहरूले कुभिन्डो, घिरौँला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लट्ठी हालेर जनावरको स्वरूपमा बलि दिने गर्दछन् । आजकै दिन राति कालरात्रि पशुबलिको विधि र पूजाराधनासहित मनाइन्छ । कालरात्रिको पूजा विधि र संकल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ ।
आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने चलन छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्रास्त्रसहित चतुरंगिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजाकोठामा आआफ्नो कुल परम्परानुसार काँक्रो, घिरौंला, कुभिण्डो, मुला, नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।
व्यापारिक तथा व्यावसायिक क्षेत्रमा लाभ मिल्नेछ। रोकिएका कामहरू पुरा गर्न सकिनेछ। पारिवारिक जीवन सुखमय रहनेछ भने स्वास्थ्यमा सकारात्मक सुधार देखिनेछ।
आर्थिक मामिलामा सावधानी अपनाउनु पर्ने दिन छ। नयाँ लगानी गर्नुअघि राम्ररी विचार गर्नुहोला। सहकर्मीहरूको सहयोगले कार्यक्षेत्रमा केही राहत मिल्नेछ।
विद्यार्थीहरूका लागि बौद्धिक कार्यमा सफलता मिल्ने समय छ। नयाँ योजना र अवसरहरू प्राप्त हुन सक्छन्। साथीभाइको साथ र सहयोगले मन प्रसन्न रहनेछ।
घरपरिवारमा सुखशान्तिको वातावरण रहनेछ। जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी विवाद समाधानतर्फ उन्मुख हुनेछ। यात्रा गर्दा सावधानी अपनाउनुहोला।
पराक्रम र आत्मबलमा वृद्धि हुनेछ। सामाजिक क्षेत्रमा मान–सम्मान पाइनेछ। रोकिएका कामहरू अगाडि बढ्ने र साथीभाइबाट पूर्ण सहयोग मिल्ने योग छ।
बोलीको प्रभाव बढ्नेछ जसले गर्दा रोकिएका आर्थिक कार्यहरू बन्नेछन्। परिवारसँग रमाइलो समय बिताउने अवसर जुर्नेछ। खानपानमा भने विशेष ध्यान दिनुहोला।
आजको दिन तपाईंका लागि उत्साहजनक रहनेछ। व्यक्तित्वमा निखार आउनेछ र नयाँ कार्यको थालनी गर्न अनुकूल समय छ। दाम्पत्य जीवनमा मिठास छाउनेछ।
खर्चमा केही वृद्धि हुन सक्ने भएकाले आर्थिक योजनामा ध्यान दिनुहोला। अनावश्यक वादविवादबाट टाढै रहनु बुद्धिमानी हुनेछ। स्वास्थ्यप्रति सचेत रहनुपर्ने दिन छ।
आयस्रोतमा वृद्धि हुनेछ। व्यापार–व्यवसायबाट राम्रो लाभ लिन सकिनेछ। आफन्त तथा साथीभाइको सहयोगले अपूरा कामहरू सम्पन्न हुनेछन्।
पेसागत जीवनमा जिम्मेवारी थपिन सक्छ। कार्यक्षेत्रमा उच्च अधिकारीहरूको प्रशंसा पाइनेछ। सामाजिक प्रतिष्ठा र मान–सम्मानमा वृद्धि हुने योग छ।
भाग्यले साथ दिनेछ। धार्मिक तथा आध्यात्मिक कार्यहरूप्रति रुचि बढ्नेछ। लामो दूरीको लाभदायक यात्राको सम्भावना रहेको छ।
स्वास्थ्यमा केही उतारचढाव आउन सक्ने भएकाले सतर्कता अपनाउनुहोला। गोप्य शत्रुहरूबाट सावधान रहनुपर्नेछ। आकस्मिक लाभको सम्भावना भने रहनेछ।
~ज्यो.कलानिधी WhatsApp 9803032959
























