टुँडिखेलमा फूलपाती बढाइँ समारोह, राष्ट्रपति र प्रधानमन्त्री सहभागी
वि.सं.२०८३ असोज ३१ शनिवार १७:५५
276
shares
shares

काठमाडौँ । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह आयोजना गरेको छ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालगायत विशिष्ट व्यक्तित्व सहभागी भएका छन्।
त्यसैगरी सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू तथा उच्चपदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।














