NIMB Long Banner Ad

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि साइबर ब्युरो लगियो

138
shares

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्युरोले छलफलका लागि लगेको छ ।

कलाकार तथा रास्वपा नेता हिमेश पन्तको उजुरीपछि ब्युरोको टोली आज बिहान ललितपुरको नख्खुस्थित श्रेष्ठको निवास पुगेको थियो ।

पत्रकारहरूसँग कुरा गर्दै श्रेष्ठले आफूलाई समाचार लेखेकै आधारमा प्रहरीले ल्याएको बताए । उनले प्रहरीसँगै आएको र छलफलका क्रममा आफ्नो कुरा राख्ने बताएका छन् ।