गोरखाबाट पठाइएको फूलपाती हनुमानढोकामा भित्र्याइयो
वि.सं.२०८३ असोज ३१ शनिवार १४:२९
3.24K
shares
shares

काठमाडौँ, असोज ३१ गते । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोकास्थित दसैँघरमा भित्र्याइएको छ ।
गोरखा दरबारबाट बिहान पूजाअर्चनापछि पठाइएको फूलपातीसहितको डोली मध्याह्न हनुमानढोका आइपुगेको थियो । नेपाली सेनाले सलामी दिएपछि बाजागाजासहित फूलपातीलाई दरबार परिसर परिक्रमा गराएर दसैँघरमा भित्र्याइएको हो ।
परम्पराअनुसार हनुमानढोकामा राखिएको फूलपातीलाई विजयादशमीको बिहानसम्म पूजाअर्चना गरिन्छ । दशमीका दिन जमरासँगै फूलपाती पनि सर्वसाधारणलाई वितरण गर्ने चलन छ ।
ऐतिहासिक मान्यताअनुसार पृथ्वीनारायण शाहले राजधानी काठमाडौँ सारेपछि गोरखा दरबारबाट हरेक वर्ष फूलपाती पठाउने परम्परा सुरु भएको मानिन्छ ।

















