NIMB Long Banner Ad

तीन दिनका लागि खुल्ने भयो चीनसँगको तातोपानी नाका

391
shares

काठमाण्डौ – चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी भोलिदेखि कात्तिक ३ गतेसम्म तीन दिनका लागि खुल्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नाका सञ्चालन हुँदा मालवाहक गाडीलाई मात्रै आवतजावतको अनुमति दिइनेछ । व्यापारिक सामान ढुवानी गर्ने गाडीले मात्र नाका प्रयोग गर्न पाउनेछन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित नेपाल–चीन सीमामा रहेको तातोपानी नाका लामो समयदेखि पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा द्विपक्षीय व्यापार प्रभावित हुँदै आएको छ । नाका तीन दिन खुल्ने भएपछि सामान ढुवानीमा संलग्न व्यवसायीलाई केही सहज हुने अपेक्षा गरिएको छ ।