NIMB Long Banner Ad

जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

391
shares

जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत नलगाड नगरपालिका–८ मालुमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

शनिबार बिहान रुकुम पश्चिमको राडीबाट तल्लुबगरतर्फ जाँदै गरेको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको थियो ।
दुर्घटनामा नलगाड–१२ का ५५ वर्षीय रमेश विक र नलगाड–९ का १७ वर्षीय सन्तोष विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दुर्घटनामा प्रेम परियार, गोपाल परियार र अटो चालक करण परियार गम्भीर घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।