२०८३ साल असोज ३१ गते शनिवार तदनुसार १७ अक्टोबर सन् २०२६ को राशिफल
वि.सं.२०८३ असोज ३१ शनिवार ०६:००
shares

२०८३ साल असोज ३१ गते शनिवार तदनुसार १७ अक्टोबर २०२६,शाके संवतः १९४८ पराभव संवत्सर,शरद ऋतु,दक्षिणायन आश्विन शुक्ल दुर्गापक्ष सप्तमी तिथि (भोलि बिहान करिब २ः४९ बजेसम्म, उपरान्त अष्टमी),नक्षत्रः पूर्वाषाढा (भोलि बिहान करिब ६ः३५ सम्म, उपरान्त उत्तराषाढा) योगः अतिगण्ड (रात्री ७ः५४ सम्म, उपरान्त सुकर्म) करणः वणिज, तदनन्तर विष्टि (भद्रा) चन्द्रमा धनु राशिमा । राहुकाल बिहान ९ः०३ देखि १०ः३१ सम्म (यस समयमा शुभ कार्य गर्नु वर्जित मानिन्छ) आज नवरात्रको सातौ दिन आज विधिपूर्वक कालरात्रि देवीको पूजा–आराधना गरिँदै छ। यसै दिनलाई नेपाली परम्परामा फूलपाती पर्वका रूपमा पनि मनाइन्छ । दुर्गामाताका नौ स्वरूपमध्ये सातौँ स्वरूप कालरात्रिको विधिपूर्वक पूजा गरिन्छ। तन्त्र साधना र शुभ फल प्राप्तिका लागि कालरात्रिको आराधना विशेष मानिन्छ। आजैका दिन गोरखा दरबार वा अन्य स्थानबाट ल्याइएका फूलपाती दशैंघर वा पूजा कोठामा भित्र्याउने परम्परा छ । फूलपातीमा केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखु लगायतका पात तथा वनस्पतिहरू समेटिन्छन्।
पराक्रम र आत्मबलमा वृद्धि हुनेछ। धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। रोकिएका कामहरू बन्ने र दाजुभाइबाट सहयोग मिल्ने योग छ।
आर्थिक मामिलामा सावधानी अपनाउनुहोला। स्वास्थ्यमा केही उतारचढाव आउन सक्नेछ। अनावश्यक वादविवादबाट टाढै रहनु बुद्धिमानी हुनेछ।
दाम्पत्य जीवन सुखमय रहनेछ। साझेदारीमा गरिएका कामहरूबाट राम्रो मुनाफा कमाउन सकिनेछ। नयाँ व्यापारिक सम्झौता हुन सक्नेछ।
शत्रुपक्ष पराजित हुनेछन्। पुराना ऋण तथा रोगबाट मुक्ति मिल्ने बलियो सम्भावना छ। सहकर्मी वा मातहतका कर्मचारीहरूको सहयोगले अपूरा कामहरू सम्पन्न हुनेछन्।
बौद्धिक क्षेत्रमा प्रगतिको अवसर मिल्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा एकाग्रता बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने तथा सन्तान पक्षबाट सुख प्राप्त हुनेछ।
घरायसी वातावरणमा केही असमझदारी उत्पन्न हुन सक्छ, धैर्यता अपनाउनुहोला। स्थायी सम्पत्ति वा जग्गाजमिनको मामिलामा केही ढिलाइ हुन सक्नेछ। आमाको स्वास्थ्यको ख्याल गर्नुहोला।
पराक्रम र आत्मबल उच्च रहनेछ। छोटो तथा लाभदायक यात्राको सम्भावना छ। दाजुभाइ तथा छिमेकीहरूको साथ र सहयोगले महत्वपूर्ण कार्यहरू समयमै सम्पन्न हुनेछन्।
वाक्पटुताको प्रभावले आर्थिक क्षेत्रमा सफलता हात लाग्नेछ। पारिवारिक जमघटमा सरिक हुने अवसर जुर्नेछ। स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ।
तपाईंको व्यक्तित्वमा निखार आउनेछ। आत्मविश्वास बढ्ने हुनाले सोचेका कार्यहरू समयमै सम्पन्न हुनेछन्। मान–सम्मान तथा प्रतिष्ठामा वृद्धि हुने योग छ।
वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यहरू वा लामो दूरीको यात्राको सम्भावना छ। अनावश्यक खर्च नियन्त्रण गर्नुपर्ने देखिन्छ। स्वास्थ्यप्रति सचेत रहनुहोला।
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। साथीभाइ तथा इष्टमित्रबाट प्राप्त हुने सल्लाह उपयोगी साबित हुनेछ। सामाजिक कार्यमा सहभागिता बढ्नेछ।
व्यापारिक तथा पेसागत क्षेत्रमा उच्च सफलता हासिल हुनेछ। अधिकारी वर्गको सहयोगले ठूला जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गर्न सकिनेछ। मान–प्रतिष्ठा बढ्नेछ।
~ज्यो.कलानिधी WhatsApp 9803032959
























