खाद्य सुरक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध – मन्त्री चौधरी
वि.सं.२०८३ असोज ३० शुक्रवार १०:०४
529
shares
shares

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोकमरी अन्त्य गर्दै दिगो खाद्य सुरक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
४६औँ विश्व खाद्य दिवसका अवसरमा शुभकामना दिँदै उहाँले कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र विविधीकरणमार्फत उत्पादन तथा उत्पादकत्व बढाउने नीति सरकारले लिएको उल्लेख गर्नुभयो ।
उहाँले जलवायु परिवर्तन, प्राकृतिक विपद्, कृषिभूमिको क्षयीकरण र आयातमा देखिएका परिवर्तनले खाद्य सुरक्षामा चुनौती थपेको बताउनुभयो । यी चुनौती सामना गर्न जलवायु अनुकूलन प्रविधि, रैथाने बाली संरक्षण र डिजिटल कृषिलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।
हरेक वर्ष अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवस यस वर्ष ‘पोषण सुरक्षाका लागि कृषिमा नवप्रवर्तन’ नाराका साथ मनाइँदैछ ।














