NIMB Long Banner Ad

हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

368
shares

काठमाण्डौ – आज हिमाली तथा पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेशका पहाडी केही स्थान तथा अन्य पहाडी र हिमाली क्षेत्रका एकरदुई ठाउँमा वर्षा र हिमपात हुन सक्नेछ ।

आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । भोलि र पर्सि पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रसहित हिमाली भूभागका केही स्थानमा वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

यस्तै, पछिल्ला केही दिनदेखि तराईका केही ठाउँमा बिहान सामान्य हुस्सु तथा कुहिरो लाग्न थालेको छ ।