भोटेकोशी बाढीमा बेपत्ता ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइयो
वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:३७
552
shares
shares

काठमाण्डौ – रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीमा बेपत्ता भएका ३७ जनालाई मृत घोषणा गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेले प्रक्रिया अघि बढाएको छ ।
बेपत्ता व्यक्तिको विवरण यकिन गर्न सम्बन्धित पालिकालाई समयसीमा तोकिएको छ । परिवारले नाता प्रमाणित हुने कागजात र स्वघोषणासहित पाँच दिनभित्र निवेदन दिनुपर्नेछ ।
पालिकाले निवेदनमाथि जाँचबुझ गरी तीन दिनको दाबी विरोधको समय दिनेछ । त्यसपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा पठाइनेछ ।














