२०८३ साल असोज ३० गते शुक्रवार तदनुसार १६ अक्टोबर सन् २०२६ को राशिफल
वि.सं.२०८३ असोज ३० शुक्रवार ०६:००
shares

२०८३ साल असोज ३० गते शुक्रवार तदनुसार १६ अक्टोबर सन् २०२६, शाके संवतः १९४८ पराभव संवत्सर शरद ऋतु,दक्षिणायन, आश्विन शुक्ल दुर्गा पक्ष,षष्ठी तिथिः(भोलि बिहान करिब ३ः१४ बजेसम्म, उपरान्त सप्तमी, मूल नक्षत्र (भोलि बिहान करिब ६ः२६ सम्म, उपरान्त पूर्वाषाढा) शोभन योग (रात्री ८ः४९ सम्म, उपरान्त अतिगण्ड) करणः तैतिल, उप्रान्त गर,चन्द्रमा धनु राशिमा । नवरात्रको छैटौै दिन आज नवदुर्गामध्येकी कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। महर्षि कात्यायनले कठोर तपस्या गरेपछि उनकै पुत्रीको रूपमा भगवतीले जन्म लिएकीले उनको नाम कात्यायनी रहन गएको हो । माता कात्यायनीको वर्ण सुनजस्तै चम्किलो मानिन्छ । चतुर्भुज (चार हात) भएकी यी देवीको दाहिनेतर्फको माथिल्लो हात अभय मुद्रामा र तल्लो हात वरमुद्रामा रहेको विश्वास गरिन्छ । देवीको वायातर्फको माथिल्लो हातमा तरबार र तल्लो हातमा कमलको फूल सुशोभित छ । कात्यायनी देवीको भक्तिपूर्वक पूजा गर्नाले रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई जीवनमा सुख, शान्ति र प्रगतिको मार्ग खुल्ने धार्मिक विश्वाससमेत रहँदै आएको छ।
भाग्यले साथ दिनेछ भने रोकिएका कामहरू बन्नेछन्। धार्मिक तथा आध्यात्मिक कार्यहरूप्रति रुचि बढ्नेछ। उच्च शिक्षा वा अध्ययनको क्षेत्रमा सफलता हात लाग्नेछ।
स्वास्थ्यमा केही अनुकूलता नदेखिन सक्छ, त्यसैले खानपान र स्वास्थ्य प्रति विशेष सचेत रहनुहोला। आकस्मिक खर्च बढ्ने योग रहेकाले आर्थिक लेनदाइनमा सावधानी अपनाउनुहोला।
दाम्पत्य जीवन सुखमय रहनेछ। साझेदारीमा गरिएका कामहरूबाट राम्रो मुनाफा कमाउन सकिनेछ। नयाँ वस्त्र वा अलंकार प्राप्तिको योग रहेको छ।
शत्रुपक्ष पराजित हुनेछन्। पुराना ऋण तथा रोगबाट मुक्ति मिल्ने बलियो सम्भावना छ। सहकर्मी वा मातहतका कर्मचारीहरूको सहयोगले अपूरा कामहरू सम्पन्न हुनेछन्।
बौद्धिक क्षेत्रमा प्रगतिको अवसर मिल्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा एकाग्रता बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने तथा सन्तान पक्षबाट सुख प्राप्त हुनेछ।
घरायसी वातावरणमा केही असमझदारी उत्पन्न हुन सक्छ, धैर्यता अपनाउनुहोला। स्थायी सम्पत्ति वा जग्गाजमिनको मामिलामा केही ढिलाइ हुन सक्नेछ। आमाको स्वास्थ्यको ख्याल गर्नुहोला।
पराक्रम र आत्मबल उच्च रहनेछ। छोटो तथा लाभदायक यात्राको सम्भावना छ। दाजुभाइ तथा छिमेकीहरूको साथ र सहयोगले महत्वपूर्ण कार्यहरू समयमै सम्पन्न हुनेछन्।
वाक्पटुताको प्रभावले आर्थिक क्षेत्रमा सफलता हात लाग्नेछ। पारिवारिक जमघटमा सरिक हुने अवसर जुर्नेछ। स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ।
तपाईंको व्यक्तित्वमा निखार आउनेछ। आत्मविशवास बढ्ने हुनाले सोचेका कार्यहरू समयमै सम्पन्न हुनेछन्। मान–सम्मान तथा प्रतिष्ठामा वृद्धि हुने योग छ।
वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यहरू वा लामो दूरीको यात्राको सम्भावना छ। अनावश्यक खर्च नियन्त्रण गर्नुपर्ने देखिन्छ। स्वास्थ्यप्रति सचेत रहनुहोला।
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। साथीभाइ तथा इष्टमित्रबाट प्राप्त हुने सल्लाह उपयोगी साबित हुनेछ। सामाजिक कार्यमा सहभागिता बढ्नेछ।
व्यापारिक तथा पेसागत क्षेत्रमा उच्च सफलता हासिल हुनेछ। अधिकारी वर्गको सहयोगले ठूला जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गर्न सकिनेछ। मान–प्रतिष्ठा बढ्नेछ।
~ज्यो.कलानिधी WhatsApp 9803032959
























