एडीबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेटवार्ता, विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्न आग्रह
वि.सं.२०८३ असोज २९ बिहीवार १७:३१
368
shares
shares

काठमाडौँ, असोज २९ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपद्पछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणका लागि सहयोग गर्न एशियाली विकास बैंक (एडीबी) लाई आग्रह गर्नुभएको छ ।
थाइल्यान्डमा एडीबी अध्यक्ष मासातो कान्दासँगको भेटमा मन्त्री वाग्लेले नेपालको पुनर्निर्माण र दीर्घकालीन आर्थिक प्राथमिकताका लागि स्रोत परिचालन गर्न आग्रह गर्नुभएको हो ।
बाढीपछिको उद्धारमा सहयोग र आपत्कालीन अनुदान छिटो स्वीकृत गरेकोमा उहाँले एडीबीप्रति आभार व्यक्त गर्नुभयो । अध्यक्ष कान्दाले नेपालको विकासमा सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।
मन्त्री वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन बैंकक पुग्नुभएको हो ।

















