दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो
वि.सं.२०८३ असोज २९ बिहीवार १७:१५
598
shares
shares

काठमाडौँ, असोज २९ गते । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा भित्रिएको रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले बढी हो । भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि ७८ हजार ३२० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने ५२ हजार १६३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ थियो ।

















