खरिद बिलबाट उपहार जित्ने अवसर, कात्तिक १ गते विजेता घोषणा हुने
वि.सं.२०८३ असोज २९ बिहीवार १२:११
575
shares
shares

काठमाडौँ, असोज २९ गते । आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १६ देखि ३१ गतेसम्मको उपहार कुपन कात्तिक १ गते खोलिने भएको छ ।
अर्थ मन्त्रालयका अनुसार उक्त अवधिमा नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले असोज ३१ गतेभित्र खरिद बिलको विवरण प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्न सक्नेछन् ।
मन्त्रालयले पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य रहेकाले उपभोक्तालाई बिल लिन र व्यवसायीलाई बिक्री गर्दा अनिवार्य रूपमा बिल–बिजक जारी गर्न आग्रह गरेको छ ।















