सुनचाँदीको भाउ घट्यो, चाँदीमा ५ प्रतिशतभन्दा बढी गिरावट
वि.सं.२०८३ असोज २९ बिहीवार १२:०२
690
shares
shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य घटेको छ । चाँदीको भाउ तोलामा २२० रुपैयाँले घटेर चार हजार ३५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला चार हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ८८ हजार ४०० रुपैयाँमा झरेको छ ।

















