NIMB Long Banner Ad

कांग्रेसको सबै पदको मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने

115
shares

काठमाडौँ, असोज २९ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका सबै पदको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने भएको छ ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगणना सम्पन्न भएको छ भने केन्द्रीय सदस्यको मतगणना जारी छ ।

सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिले बाँकी मतगणना सम्पन्न गरी आजै सम्पूर्ण परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।