सुनको मुल्य २२ सय र चाँदी ६० रुपैयाँले घट्यो
वि.सं.२०८३ असोज २७ मंगलवार ११:२५
713
shares
shares

काठमाडौँ, असोज २७ गते । स्थानीय बजारमा मंगलबार सुन प्रतितोला २ हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ र चाँदी ४ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन २ लाख ९४ हजार ४०० र चाँदी ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
















