खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
वि.सं.२०८३ असोज २७ मंगलवार १०:०४
966
shares
shares

काठमाडौँ, असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि उठेका आरोपबारे आन्तरिक छानबिन अघि बढाएको छ।
पार्टीले महिलाको मर्यादामा आँच पुर्याउने कार्य, अनुचित दबाब, धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनजस्ता विषय गम्भीर रहेको जनाउँदै केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।
रास्वपाले छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको जनाएको छ।
पार्टीले राज्यका सम्बन्धित निकायबाट निष्पक्ष अनुसन्धान हुने विश्वास व्यक्त गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै, कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्नेलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ।















