NIMB Long Banner Ad

नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको महिमा र पूजा

621
shares

काठमाडौँ, असोज २७ गते । नवरात्रको तेस्रो दिन आज मङ्गलबार नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

धार्मिक मान्यताअनुसार चन्द्रघण्टा देवीको पूजा आराधना गर्दा शक्ति प्राप्त हुने र पाप नाश हुने विश्वास गरिन्छ। देवीको शिरमा अर्धचन्द्र र हातमा घण्टा धारण गर्ने स्वरूप भएकाले उहाँको नाम चन्द्रघण्टा रहन गएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरी पूजा आराधना गर्ने परम्परा छ। यस अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआजा गर्ने भक्तजनको भीड लाग्ने गर्छ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिन्छ। त्यसपछि क्रमशः कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ।