NIMB Long Banner Ad

सरकारले १५ हजार मेट्रिक टन धान खरिद गर्ने

920
shares

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ। यसका लागि ६७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

कृषि मन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार वर्षे धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मोटा मध्यम धानको तीन हजार ८६० रुपैयाँ तोकिएको छ। धान खरिद प्रक्रिया सुरु भइसकेको र यसबाट किसानले उत्पादनको उचित मूल्य पाउने अपेक्षा गरिएको छ।