अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा
वि.सं.२०८३ असोज २७ मंगलवार ०८:२२
345
shares
shares

काठमाडौँ, असोज २७ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।
यस्तै, युरोको बिक्रीदर १७१ रुपैयाँ ७० पैसा, बेलायती पाउन्डको २०३ रुपैयाँ २२ पैसा र अस्ट्रेलियन डलरको १०७ रुपैयाँ ०३ पैसा तोकिएको छ। कुवेती दिनारको बिक्रीदर ४९८ रुपैयाँ २६ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछ।
















