NIMB Long Banner Ad

डा. विजय पौडेलको निधन:

चरम आर्थिक संकट र ऋणको तनावमा रहेका डा. विजय पौडेलको निधन भएको छ । एमालेको राजनीतिमा लामो समय सक्रिय रहेका पौडेल एमालेबाट माधवकुमार नेपालको समूह छुट्टिएपछि एकीकृत समाजवादीमा आबद्ध भएका थिए भने त्यसपछि उनी नेकपा संयुक्तमा सक्रिय रहदै आएका थिए ।

1.54K
shares

असोज २७ काठमाडौं। नेकपा संयुक्तका नेता तथा अर्थबिद् डा. विजय पौडेलेको निधन भएको छ ।
एमालेको राजनीतिमा लामो समय सक्रिय रहेका पौडेल एमालेबाट माधवकुमार नेपालको समूह छुट्टिएपछि एकीकृत समाजवादीमा आबद्ध भएका थिए ‍ । त्यसपछि उनी नेकपा संयुक्तमा सक्रिय रहदै आएका थिए ।केही समयदेखि गम्भीर आर्थिक समस्याबाट गुज्रिरहेका पौडेलको सोमबार निधन भएको हो। पछिल्लो समय डा. पौडेल करोडौँ रुपैयाँको ऋणको मारमा परेको निकटस्थहरुले बताएका छन् ।
उनले सञ्चालन गर्दै आएको जनता टेलिभिजन घाटामा गएपछि डा. पौडेल ऋणको पासोमा परेको बुझिएको छ। यही आर्थिक दायित्वकै कारण केही दिनअघि मात्रै चेक अनादर (बाउन्स) मुद्दामा प्रहरीले उनलाई पक्राउ समेत गरेको थियो।

पछिल्लो समय आफ्ना आर्थिक समस्या समाधान गर्न ऋणको खोजीमा रहेका पौडेलले निधनको अघिल्लो दिन आइतबार मात्रै नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेलाई फोन गरेर सहयोगका लागि आग्रह गरेको खुलेको छ।

नेता पाण्डेका अनुसार आइतबार दिउँसो १२:३७ बजे डा. पौडेलको फोन आएको थियो। उनीहरूबीच ५९ सेकेन्ड कुराकानी भएको थियो।
सामाजिक सञ्जाल फेसबुकमा घटनाबारे उल्लेख गर्दै नेता पाण्डेले लेखेका छन्, “हिजो मात्र विजयजीले मलाई १२:३७ मा कल गर्नुभएको थियो। म चितवनमा छु भनेँ। ५९ सेकेन्ड मेरो कुरा भयो। उहाँ ऋणको तनावमा हुनुहुन्थ्यो। उहाँले ‘दाइ, तपाईंको गुरु न्यौपानेसँग कस्तो सम्बन्ध छ? उहाँले केही समयका लागि ऋण दिन सक्नुहुन्थ्यो कि?’ भनेर मलाई सोध्नुभयो। मैले धेरै समय भयो मेरो कुरा भएको छैन भनेँ। ए! भनेर फोन राख्नुभयो। अहिले यस्तो दुःखद समाचार सुन्नुपर्‍यो।”

नेता पाण्डेलाई आफ्नी धर्मपत्नी पूर्ण सोभाले डा. पौडेलको निधनको खबर सुनाएकी थिइन्।
पाण्डे अगाडि लेख्छन्, “कसको दुःखद खबर! भर्खरै मेरो श्रीमती पूर्ण शोभाले फोन गरेर ‘डा. विजय पौडेल बित्नुभयो रे, फेसबुकमा पोस्ट आइरहेको छ’ भनेर सुनाइन्। के रे भनेँ मैले, मलाई पत्यारै भएन। हत्त न पत्त डाटा अन गरेर फेसबुक खोलेँ र धेरैजनाको पोस्ट एकपछि अर्को देखेँ। अझै बुझौँ भनेर कमरेड घनश्याम भुसाललाई कल गरेँ, उहाँले ‘हो’ भन्नुभयो। डा.पौडेल पुर्व मन्त्री तथा साहित्यकार वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितका सुपुत्र हुन् । पौडेलका श्रीमती,१ छोरा र दुई छोरी छन्। बुबा मोदनाथ प्रश्रित, आमा कविता पौडेल,श्रीमती रम्बा पौडेल ,छोरा रबी,कान्छी छोरी काभेरीजी लगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
अलविदा बिजय सर !