डलरको मूल्य १५३ रुपैयाँ ६१ पैसा
वि.सं.२०८३ असोज १२ सोमवार ०८:२३
shares

काठमाडौँ, असोज १२ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा र खरिददर १५३ रुपैयाँ ०१ पैसा तोकेको छ।
युरोको बिक्रीदर १७४ रुपैयाँ ९८ पैसा, पाउन्ड स्ट्रलिङ २०३ रुपैयाँ ५८ पैसा र स्वीस फ्र्याङ्क १८५ रुपैयाँ ४१ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १०७ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर १२० रुपैयाँ २३ पैसा र चिनियाँ युआन २२ रुपैयाँ ८८ पैसा बिक्रीदर तोकिएको छ।
यस्तै, साउदी रियाल ४० रुपैयाँ ९१ पैसा, कतारी रियाल ४२ रुपैयाँ १८ पैसा, युएई दिराम ४१ रुपैयाँ ८२ पैसा र मलेसियन रिङ्गेट ३७ रुपैयाँ ७० पैसा रहेको छ।
भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने जनाएको छ।

















