NIMB Long Banner Ad

शिक्षाविद् सुरेशराज शर्माको निधन

572
shares

काठमाण्डौ । शिक्षाविद् तथा काठमाण्डौ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ ।

धुम्बाराहीस्थित हेम्स अस्पतालमा उपचारका क्रममा हिजो उहाँको निधन भएको हो । परिवारका अनुसार उहाँको आज अन्त्येष्टि गरिँदैछ ।

सिन्धुलीमा जन्मनुभएका डा. शर्माले रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएको थियो । नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका उहाँले काठमाण्डौ विश्वविद्यालय स्थापनापछि संस्थापक उपकुलपतिका रूपमा विश्वविद्यालयको शैक्षिक तथा संस्थागत आधार निर्माणमा नेतृत्व गर्नुभएको थियो ।

उहाँको नेतृत्वमा विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै उच्च शिक्षामा नयाँ अभ्यासको सुरुआत गरेको थियो ।