NIMB Long Banner Ad

ट्रम्पले गरे सीलाई विमानस्थलमै पुगेर विशेष स्वागत

442
shares

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङलाई अमेरिकाको तीनदिने राजकीय भ्रमणका क्रममा जोइन्ट बेस एन्ड्र्युजमै पुगेर विशेष स्वागत गरेका छन् ।

ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले सी र उनकी पत्नी पेङ लियुआनलाई रेड कार्पेटसहित स्वागत गरेका थिए । दुवै नेताले हात मिलाएपछि अमेरिकी सेनाको ब्यान्डले अमेरिका र चीनका राष्ट्रगान बजाएको थियो ।

सीको स्वागतका क्रममा दुई बी–१ बमवर्षक विमानले फ्लाइपास्ट गरेका थिए । ट्रम्पले विदेशी राष्ट्रप्रमुखलाई विमानस्थलमै पुगेर स्वागत गर्नु दुर्लभ मानिएको छ ।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले अमेरिका–चीन व्यापार युद्धविराम नोभेम्बर १० बाट बढाएर जनवरी १०, २०२७ सम्म कायम राख्ने सहमति भएको बताएका छन् ।