NIMB Long Banner Ad

संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोक्ने विधेयक पारित

234
shares

काठमाण्डौ । संवैधानिक निकायका पदाधिकारीले पाउँदै आएको दोहोरो सुविधा रोक्ने विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको छ ।

समितिको आज बसेको बैठकले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३’ पारित गरेको हो ।

समिति सभापति हरि ढकालका अनुसार विधेयक लागू भएपछि सरकारी कोषबाट पेन्सन पाइरहेका व्यक्ति संवैधानिक निकायको पदमा नियुक्त भएमा पदमा बहाल रहुन्जेल पेन्सन पाउने छैनन् ।

यस्तै, अघिल्लो सेवा अवधि जोड्न चाहेमा नियुक्तिपछि बुझेको पेन्सन रकम सञ्चित कोषमा फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार सरकारले उक्त संशोधन विधेयक ल्याएको हो ।