ताप्लेजुङमा भीषण आगलागी, करिब १० घर जले
वि.सं.२०८३ असोज ८ बिहीवार १५:१२
481
shares
shares

काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी हुँदा करिब १० घर जलेका छन् ।
आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका छन् । दमकलको प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल नं। १ कञ्चनजंघा गुल्मबाट समेत सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो । दोभानमा करिब ५० घरधुरी रहेका छन् ।
















