महिला कबड्डीमा नेपाल सेमिफाइनलमा
वि.सं.२०८३ असोज ८ बिहीवार १५:३७
481
shares
shares

काठमाण्डौ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ३४–२४ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । योसँगै नेपालको कम्तीमा कांस्य पदक पक्का भएको छ ।
नेपालले सेमिफाइनलमा इरानसँग खेल्नेछ । यसअघि १९औँ एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो ।
यस्तै, पुरुष कबड्डीमा नेपालले मलेसियालाई ७३–५२ ले हराएको छ । तर नेपाल यसअघि लगातार तीन खेलमा पराजित हुँदै सेमिफाइनल दौडबाट बाहिरिसकेको थियो ।















