NIMB Long Banner Ad

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता चयन

1.94K
shares

काठमाण्डौ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता चयन गरेको छ ।

आज बसेको सचिवालय बैठकले भण्डारीसहित केन्द्रीय सदस्यमा मनोनीत हुने सूची पारित गरेको थियो । त्यसपछि बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले उहाँलाई वरिष्ठ नेता चयन गरेको हो ।

यसैबीच, एमालेको स्थायी कमिटीमा सात जना मनोनीत भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेल, थममाया थापा, लालबाबु पण्डित, प्रदीप ज्ञवाली, काशीनाथ दवाडी, देवराज घिमिरे र शिवमाया तुम्बाहाम्फेलाई स्थायी कमिटी सदस्य मनोनीत गर्नुभएको छ ।