वर्षाका कारण यी राजमार्गमा राति सवारी चलाउन नपाइने
वि.सं.२०८३ असोज ८ बिहीवार १८:५३
4.49K
shares
shares

काठमाडौँ । बाढीपहिरोको जोखिम बढेपछि विभिन्न राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा आज बेलुका ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म तथा पृथ्वीराजमार्गमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ ।
यस्तै, बिपी राजमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म र सिद्धिचरण लोकमार्गमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारीसाधन तथा पैदलयात्रीको आवागमन रोकिएको प्रहरीले जनाएको छ ।
मकवानपुरका कान्ति राजमार्ग तथा भैँसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौँ आउने सडकमा पनि बेलुका ७ बजेदेखि बिहानसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
















