जाजरकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते
वि.सं.२०८३ असोज २९ बिहीवार ०९:०९
897
shares
shares

जाजरकोट, असोज २९ गते । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२, गैरीगुवामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदे आउँदै गरेको जिप सडकबाट करिब तीन सय मिटर तल खसेको हो ।
दुर्घटनामा चालक सन्तबहादुर बस्नेत र बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
घाइते तीन जनालाई उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल लैजाँदै गरिएको प्रहरीले जनाएको छ ।















